काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अवधिमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको बक्यौता महसुल नतिरेको भन्दै लाइन काटेका ३३ उद्योगमा विद्युत सेवा जोडेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णयअनुसार गएराति ३३ उद्योगमा विद्युत जोडिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले काटिएका उद्योगमा विद्युत सुचारु भइसकेको बताए । प्राधिकरणले डिकेटेड र ट्रंक लाइन बापकको…