वाशिंगटन डिसी । अमेरिकी र बेलायती सेनाले शनिबार यमनको हुथी नियन्त्रित क्षेत्रहरूमा संयुक्त हमला शुरु गरेको छ । पेन्टागनले यस कदमले अन्तरराष्ट्रिय जहाजमा आक्रमण गर्ने हुथी लडाकू समूहको क्षमतालाई कमजोर पार्ने उद्देश्य राखेको जनाएको छ । अष्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, नेदरल्यान्ड्स र न्युजिल्याण्डको सहयोगमा सञ्चालित स्ट्राइकहरूले हुथीहरूको हतियार भण्डारण, मिसाइल प्रणाली र लन्चरहरू, वायु रक्षा…