काठमाडौं । हिजोदेखिको वर्षाका कारण देशभरका सात ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरीका अनुसार पाँचथर, ओखलाढुङ्गा, काभ्रे, रसुवा, सिन्धुली, मुस्ताङ र म्याग्दीमा सडक अवरुद्ध भएको हो । काभ्रेको कोक्सिकुना, बिरुवाडाँडा, नमोबुद्ध र रोशी गाउँपालिकामा पहिरो खस्दा बीपी राजमार्ग बिहानदेखि बन्द भएको छ । म्याग्दीको बेनी नगरपालिका–४ मा पहिरोले बेनी–दरवाङ सडक खण्ड रोकिएको…