काठमाडौं । अमेरिकाले धेरैपटक चीनले गोप्य रूपमा परमाणु परीक्षण गरेको दाबी गर्दै आएको छ । तर, चीनले त्यसलाई अस्वीकार गर्दै अमेरिकी आरोपलाई निराधार र सरासर झुट भएको बताउँदै आएको छ । तर, यसबीचमा चीनले आफ्नो परमाणु कार्यक्रमलाई विस्तार गरेको समाचार सार्वजनिक भएको छ । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार चीनले परमाणु हतियार कार्यक्रमलाई तीव्र विस्तार गरिरहेको छ…