दाङ । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका–४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मीको हत्या गरेका हुन् । मदिरा सेवन गरेका चौधरीले गएराति टाउकोमा रड प्रहार गरी श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले हत्यामा संलग्न चौधरीलाई पक्राउ गरिएको जानकारी…