काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई नियुक्त गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो । काठमाडौं महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो…