चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा आजबाट सुरु हुने चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । क्षेत्रीय होटल संघ चितवन सौराहाको आयोजनामा हुने सो महोत्सवको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सव सुरु हुनुपूर्व सौराहामा बिहान शोभायात्रा निकाल्ने कार्यक्रम तय भएको छ । चितवन हात्ती महोत्सवमा सञ्चालन…