उपमेयर चढ्ने गाडीमा आगजनी

काठमाडौँ। महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर चढ्ने गाडीमा गए राति आगजनी भएको छ । उपमेयर रेनु कुमारी महतो चढ्ने प्र २-००२-०००१ झ ०००५ नम्बरको बुलेरो गाडीमा आगजनी भएको हो । गौशाला नगरपालिका-१ रामनगरमा उपमेयरकै घरको दरबाजामा पार्किङ गरेर राखिएको गाडीमा राति २ बजेतिर अज्ञात व्यक्ति पेट्रोल छर्केर आगो लगाएका हुन् । समयमै थाहा पाएपछि घरपरिवार र…