गाजा । युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय…