बेनी । म्याग्दीकाे बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आलुखेती गरेका छन् । परम्परागतरूपमा खाद्य बाली लगाउँदै आएका यहाँका स्थानीयले यस वर्ष हिउँदयाममा नगदे बालीका रूपमा आलुखेती गरेका छन् । ठूलोखोला महिला कृषक समूहका अध्यक्ष जुना खत्रीले एक सय रोपनी बढी खेतबारीमा आलु लगाएको बताइन् । ‘अहिले आलु गोडमेल गरिरहेका छौँ, आगामी माघमा आलु…