प्रधानमन्त्री नआएकोमा ध्यानाकर्षण गराउने अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बैठकमा अनुपस्थित भएको विषयलाई लिएर प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ध्यानाकषर्ण गराउने भएको छ । सो समितिकी सभापति पवित्रा निरौंलाले प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्दा बैठकमा नआएको विषयलाई लिएर ध्यानाकषर्ण गराउने निर्णय गरिएकाे बताइन्। सभापति निरौलाको सो निर्णयकाे कांग्रेस सांसदहरुले भने आपत्ति जनाएका छन् । ‘प्रधानमन्त्रीलाई बैठकमा उपस्थितिका लागि आमन्त्रण गरिएको…