काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि विरोध प्रदर्शन गर्ने लघुवित्त पीडित र प्रहरीबीच धकेलाधकेल भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लघुवित्त पीडितहरुलाई पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोज्ने १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए । पीडितहरुले ‘लघुवित्त संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरेर प्रदर्शन…