काठमाडौं । आजदेखि देशभर मनसुन प्रणाली फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै देशभर मनसुन फैलिएको जनाएको हो । नेपालमा जेठ ३१ गते मनसुन भित्रिएको थियो । देशभर मनसुन फैलिन ९ दिन लागेको छ । मनसुन फैलिएसँगै आगामी तीनदिन धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…