काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गरिने बताएका छन् । उनले भने, ‘यसका लागि वन ऐन संशोधनका क्रममा रहेको छ । यसले मध्यवर्ती क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्नेमा मैले विश्वास लिएको छु ।’ चितवन र मकवानपुर जिल्लाका चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको प्रतिनिधिमण्डलसँग मंगलबार प्रधानमन्त्री निवास…