मलेसियासँग हारे पनि नेपाल फाइनलमा

काठमाडौं । मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार मलेसियाकाे बायाेमास ओभल मैदानमा भएकाे खेलमा नेपालले दिएकाे ८४ रनकाे सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायाे । मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् ।…