तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो

काठमाडौं । तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइएको छ ।  चिनियाँ कम्पनी पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना)ले बनाउने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनामा कुनै प्रगति नभएपछि लगानी बोर्डको बैठकले आयोजना बनाउने/नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय गरेको हो । आयोजनाको जिम्मा पाएका कम्पनीले ३ वर्षसम्म बनाउने छाँट नदेखाएपछि…