सर्लाहीमा दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

सर्लाही । दाइजोको विषयलाई लिएर सर्लाहीमा दुई छुट्टाछुट्टै घटनामा दुई महिलाको हत्या भएको छ । सर्लाही हरिपुर नगरपालिका-३, फरहदवा र वडा नम्बर-६ स्थित लक्ष्मीपुरमा दुई महिलाको हत्या भएको हो । वडा नम्बर-३ स्थित फरहदवाका अब्दुल साह फकिरले अन्दाजी २३ वर्षीया श्रीमती ईदा खातुनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले…