वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिक इन्जिनियरिङ्ग शाखाका अधिकृत तेज नारायण साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अधिकृत साहविरुद्ध ३३ लाख २० हजार २२६ रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा सोमबार विशेष अदालत काठमाडौंमा दायर गरेको हो । साहले प्रतिष्ठानको हाताभित्र भाडामा पसल सञ्चालन गरिरहेका व्यवसायीहरूबाट विद्युत महशुलवापतको…