काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा सोमबार एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ । ललितपुरको च्यासलस्थित च्यासल रंगशालामा भएको खेलको २१औं मिनेटमा मनीष थापाले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १- को अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा पुन: एक गोल थपेको थियो। स्टेफन समिरले गरेको गोलसँगै…