स्वीडेनको समुद्री क्षेत्रमा देखियो रुसको जासुसी ह्वेल

काठमाडौं । रुसको चर्चित जासुसी ह्वेल माछा स्वीडेनको समुद्री क्षेत्रमा देखिएको छ । सन् २०१९ मा नर्वेको समुद्री क्षेत्रमा देखा परेपछि उक्त बेलुगा ह्वेल चर्चामा आएको थियो । एचभाल्दिमिर नाम दिइएको सो ह्वेलललाई रुसी नौसेनाले प्रशिक्षण दिएको बताइन्छ । मानवमैत्री सो ह्वेलले नर्वेका नागरिकको समुद्रमा खसेको फोन फिर्ता गरिदिएको भिडियो खुबै भाइरल बनेको थियो ।…