बाजुरा । गएराति आएको भूकम्पका कारण हिमाली गाउँपालिका–२ विच्छ्यामा २३ घरमा पूर्णरुपमा क्षति पुगेको छ । गौमुल गाउँपालिकाको दहकोट आसपास केन्द्रबिन्दु भएर मध्यराति १ बजेर ३० मिनेट जाँदा गएको पाँच दशमलव नौ रेक्टर स्केलको भूकम्पले २३ घरमा पूर्णरुपमा क्षति भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार उक्त वडाका धञ्जित…