ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि युवा अलराउण्डर कुशल मल्लले शतक पूरा गरेका छन् । कुशलले ५९ बलमा ९ चौका र ९ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् । मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका हुन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ३७औं ओभरको पाँचौ बलमा…