झापा ३ को प्रदेशसभा १ मा कांग्रेसका राजवंशी निर्वाचित

झापा । झापा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका भूमिप्रसाद राजवंशी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार राजवंशीले निवर्तमान प्रदेशसभा सदस्य तथा नेकपा एमालेका वसन्त बानियाँलाई एक हजार ६८ मतान्तरले पराजित गरेका हुन् । गठबन्धनका साझा उम्मेदवार बनेका राजवंशीले २० हजार ७५६ मत ल्याएका…