प्रतिनिधिसभाको बैठक सर्‍यो 

काठमाडौं । आज बस्ने भनिएकाे प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।  बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छैन ।