कोष्टारिकामाथि स्पेनको गोलको वर्षा

दाेहा । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कतारको अल थुमामा स्टेडियममा आज राति भएको खेलमा कोस्टारिकालाई ७–० गोल अन्तरले हराउँदै स्पेनले विजयी सुरुआत गरेको हो । स्पेनले खेलको पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गर्‍यो । स्पेनको जितमा फेरान टोरेसले दुई गोल गरे…