गृहमन्त्रीसमक्ष यातायात जाँचबुझ आयोगको प्रतिवेदन पेस

काठमाडौं । यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा गठित जाँचबुझ आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन बुझाएको छ । आयोगका सदस्यहरूले सिंहदरबारमा रहेको मन्त्रालयमा पुगेर आज गृहमन्त्री अर्यालसमक्ष प्रतिवेदन बुझाएका हुन् । सरकारले गएको मङ्सिर २२ गते यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेशहरू कार्यान्वयन सम्बन्धमा दीपक सुवेदीको अध्यक्षतामा शरद अधिकारी र योगेन्द्रनाथ कर्माचार्य सदस्य रहने गरी…