निजामती कर्मचारी युनियनद्वारा अव्यवहारिक बर्खास्ती र राजीनामा मागको विरोध

काठमाडौं। निजामती कर्मचारीका ६ वटा ट्रेड युनियनहरूले पछिल्लो समय सार्वजनिक प्रशासन रुपान्तरणको नाममा कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा माग्ने प्रवृत्ति रोक्न ध्यानाकर्षण गराएका छन्। यी युनियनहरूले मुख्य सचिव एकनारायण अर्याललाई बुझाएको ज्ञापनपत्रमार्फत कानून बमोजिम सञ्चालनमा रहेका संघ-संगठनप्रति नकारात्मक टिप्पणी र विघटनका माग स्वीकार्य नहुने स्पष्ट पारेका छन्। अन्तरिम सरकार गठनसँगै केही कर्मचारीहरूले…