काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आफूले सम्हालेको मन्त्रालयका तर्फबाट जवाफ दिन पनि प्रतिनिधि सभामा उपस्थित भएनन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको रक्षामन्त्री एवं प्रधानमन्त्रीको हैसियतमा देउवाले जवाफ दिने कार्यसूची रहेको थियो । तर, प्रधानमन्त्री देउवा अनुपस्थित भए । उनले गृहमन्त्री बालकृष्ण खाँणलाई जवाफ दिन तोकेका संसद् सचिवालयलाई पत्र पठाएका…