काठमाडौं । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब खेल्दैछन् । खेल काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २ बराबरीसहित ८ अङ्क…