सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, भागबण्डा टुङ्ग्याउने अन्तिम कसरत

काठमाडौं । आगामी निर्वाचनको सिट बाँडफाँडको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुङ्गोमा पुग्न प्रयास हुने नेताहरूले बताएका छन् । दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । गठबन्धनभित्र प्रदेश…