न्यायाधीश-अधिवक्ता ‘घुस डिल’ प्रकरण सदनमा प्रवेश, सांसद भन्छन्: न्यायालयमा जात्रा चल्यो !

काठमाडौं । बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोप लागेका व्यापारी इच्छाराज तामाङलाई धरौटीमा रिहा गराउन न्यायाधीश र अधिवक्ताबीचको 'घुस डिल' अडिओ प्रकरणको विषयले सदनमा समेत प्रवेश पाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्ने सांसद्‌हरुले न्यायाधीश-अधिवक्ता अडियो प्रकरणको विषयमा आवाज उठाएका हुन्। बैठकको विशेष समयमा सांसद लीलादेवी सिटौलाले न्यायाधीश र अधिवक्ताबीचको घुस लेनदेनको विषय सार्वजनिक…