धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताएका छन् । शुक्रबार इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको संगठन विस्तार कार्यक्रममा उनले लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए । “श्रम, माटो र…