काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक महासचिव भीम उदासको छोरी सुम्निमा उदासको विवाहमा भारतीय कांग्रेस आई नेता राहुल गान्धी विशेष पाहुनाका रुपमा नेपाल आएका छन् । जेड प्लस सुरक्षा लिएर नेपाल आएका गान्धी कमलपोखरीस्थित होटल मेरिटमा बसेका छन् । उनी बिहीबार मात्र दिल्ली फर्किने कार्यक्रम छ । एनआरएनए संस्थापक महासचिव उदास पूर्वराजदूतसमेत हुन् ।…