काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थानका मृतक किशाेर विनोद शाहीको न्यायको लागि काठमाडौंमा संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै परिवार तथा आफन्तले चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । आफन्तहरुले जेठ २९ गतेसम्मको लागि संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा परिवारका सदस्य अर्जुनविक्रम शाहीले…