काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सरकारमा सहभागि मन्त्री हेरफेर गरेको छ ।आईतबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । आफूले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिए । उनका…