प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन

काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र न्यायाधीशहरुबीचको विवादलाई लिएर सडकमा पनि प्रदर्शन हुन थालेको छ । यसैक्रममा स्वतन्त्र नेपाली युवाले माइतीघरमा प्रदर्शन गरेको छ । स्वतन्त्र नेपाली युवाले न्यायालयमाथिको हस्तक्षेप बढेको भन्दै खबरदारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा उत्रिएका स्वतन्त्र नेपाली युवाले ‘बारको काम जनताको पक्षमा वकालत गर्ने कि, प्रधानन्यायाधीशको राजीनामा माग्ने’,…