काठमाडौं । महाभियोग दर्ता भएको ६ महिनापछि सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिको बैठक बसेको छ। बुधबार प्रतिनिधिसभाको महाभियोग समितिको पहिलो बैठक बोलाइएको हो । बुधबारको बैठकमा समितिका सदस्यहरूले महाभियोग प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् । समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टका अनुसार बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले…