हात्तीसारको एक रेस्टुरेन्टमा कार्यरत महिलामाथि बलात्कार, वेटर पक्राउ

काठमाडौं । काठमाडौंको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । पीडितको जाहेरीपछि नेपाल हाउस रेस्टुरेन्टमा वेटरका रूपमा काम गर्दै आएका खत्रीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।…