भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अवेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिंगो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो । बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँंझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले…