काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको गुनासोे गरेका छन् । शनिबार काठमाडौं महानगर वडा नंवर १५ का समाजवादी उम्मेदवारलाई बिजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न आयोजित कार्यक्रममा खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मुल्यांकन र सम्मान…