प्रधानमन्त्रीले राष्ट्रमाथि आघात पुग्ने कागजमा हस्ताक्षर गर्दिनँ भन्नुभएको छः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रहितमा आघात पुग्ने खालका कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने प्रतिबद्धता जनाएको बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा अध्यक्ष नेपालले प्रधानमन्त्रीले आफूहरुसँगको छलफलमा राष्ट्र हित विपरीतका सहमतिमा हस्ताक्षर नगर्ने बताएको जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले नेपालको हितमाथि आघात पुग्ने कुनै पनि कागजमा, सम्झौतामा…