काठमाडौं । थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त भएका छन् । थाइल्यान्डको संसदले व्यवसायी अनुतिन चार्नविराकुललाई देशको प्रधानमन्त्रीको रूपमा चयन गरेको बीबीसीले जनाएको छ । कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि नैतिक उल्लङ्घनको आरोपमा गएको हप्ता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको थियो । पेतोङ्तार्न शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाउने…