काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई उडान बन्द नगर्न चेतावनी दिएको छ । मंगलबार (आज) वायुसेवा सञ्चालक संघ नेपालले पत्रकार सम्मेलन गर्दै बुधबार (भोलि) देखि आकस्मिकसहित हेलिकप्टर र विमान कम्पनीका नियमित उडान बन्द गर्ने बताएको केही बेरमै प्राधिकरणले पत्रकार सम्मेलन गरी उडान रोक्न नपाउने बताएको हो। ‘धाक-धम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले…