काठमाडौं, चैत्र २५। सरकारले केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि अहिले यो निर्णयका बारे टिका टिप्पणी हुन थालेको छ। अर्थतन्त्र संकटमा पर्दै गएको अवस्थामा गभर्नर हटाएर समाधान खोज्ने विकल्पभन्दा अर्थमन्त्री नै परिवर्तन गर्नुपर्ने भन्दै सामाजिक संजालमा अर्थमन्त्री जनार्दन शर्मालाई हटाउनुपर्ने आवाज समेत उठेको छ। अर्थमन्त्री शर्मा र गभर्नरबीच आपसी मतभेद बढ्दै जाँदा सरकारले बिहीवार…