काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक ९ बुँदे समझदारी गर्दै सकिएको छ । द्विपक्षीय बैठकपछि दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका छन् । बैठकमा नेपालको नेतृत्व…