मेक्सिकोको संसद्‌मा दुई वरिष्ठ नेताबीच धकेलाधकेल

काठमाडौं । मेक्सिकोको सिनेट (संसद्)मा अमेरिकी सैन्य हस्तक्षेपका विषयमा चर्को बहसपछि दुई वरिष्ठ नेताबीच हातपात भएको छ । सत्तारूढ मोरेना पार्टीका सिनेट अध्यक्ष गेरार्डो फर्नान्डेज नोरोना र विपक्षी इन्स्टिट्युसनल रिभोल्युसनरी पार्टी (पीआरआई)का नेता अलेजान्द्रो मोरेनोबीच धकेलाधकेल भएको हो । सिनेटको कारबाही सकिएपछि सांसदहरूले राष्ट्रगान गाइरहेका बेला बुधबार यो अप्रिय घटना भएको थियो । घटनाको प्रत्यक्ष…