काठमाडौं । इजरायली सेनाले गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको ज्यान गएको इरान समर्थित समूहले पुष्टि गरेको छ । गएको वर्ष नियुक्त भएका अहमद घलेब नासेर अल–राहावी गाजामा जारी युद्धका क्रममा इजरायलको शृङ्खलाबद्ध आक्रमणमा मारिएका सबैभन्दा वरिष्ठ अधिकारी हुन् । प्रधानमन्त्री नासेर अल राहावीको शहादतको घोषणा गर्दै उनको मन्त्रीमण्डलका कैयौँ सहकर्मीले…