काठमाडौं। पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको शवको हड्डी निकालेर बिक्री गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। मुद्दा दर्ता हुनेहरूमा रामनन्दन ठाकुर (सर्लाही), जीवनाथ ढकाल (काभ्रे), विनायक मैनाली (उदयपुर) र मिश्रीलाल यादव (सप्तरी) रहेका छन्। प्रहरी अनुसन्धानअनुसार सद्गद भइरहेका बेला आधा जलेको शवबाट टाउकाको हड्डी निकालेर आपसमा सटही–बिक्री गरेको आरोप…