मकवानपुर । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म पाँचजनाको सनाखत भएको छ । सुमो दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडाका ४० वर्षीया सविता लम्साल, हेटौँडा–२, कान्ति राजपथका २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा–१०, भुटनदेवी टोलका ५६ वर्षीय कृष्णप्रसाद फुयाँल, भारतको बिहारका ५० वर्षीय अरविन्द कुमार…