कैलाली । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलालीको त्रिनगर–गौरीफन्टा नाका निरीक्षण गरेका छन् । आज बिहान धनगढी पुगेका मन्त्री अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसँगै नाकाको निरीक्षण गरेका हुन् । सो क्रममा उनले नाकामा खटिएका सुरक्षाकर्मी, कर्मचारी र सर्वसाधारणसँग आवागमन र सुरक्षा अवस्थाबारे कुराकानी गरेका थिए । नाकाको निरीक्षणपछि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म त्रिनगर…