काठमाडौं । जब अधिकांश नागरिक निद्रामा थिए, तब मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट प्रहरीले नाटकीय रूपमा पक्राउ गर्यो । यस घटनाले कानुनी वृत्तमा तरंग ल्याएको छ र अभिव्यक्ति स्वतन्त्रता तथा नागरिक अधिकारबारे गम्भीर प्रश्नहरू खडा गरेको छ । संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले मध्यरातमा परिवारसँग रहेका व्यक्तिलाई गिरफ्तार गर्नु कानुनले बर्जित गरेको…